Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्छ : मुख्यमन्त्री शर्मा

    गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्छ : मुख्यमन्त्री शर्मा

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 660
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् ।

    प्रदेश सरकारको आयोजनामा भएको १६ औँ गणतन्त्र दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताउका हुन् ।



    मुख्यमन्त्री शर्माले भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ। यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’



    मुख्यमन्त्री शर्माले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताए । उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार