Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकारले प्रस्तुत गरेको बजेट समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

    सरकारले प्रस्तुत गरेको बजेट समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट समर्थन गर्न नसकिने बताएका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने रहेकाले समर्थन गर्न नसकिने बताए । सुवालले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए । उनले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउनु भनेको विदेशी सेना आउनु बराबर भएको टिप्पणी गरे ।



    उनले भने ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने खालको छ, यसको हामीले बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार