Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपाल सरकारले एनआरएनलाई वंशजको नागरिकताबाट बञ्चित गरे आन्दोलन गर्छौ : प्रेम गाहामगर

    नेपाल सरकारले एनआरएनलाई वंशजको नागरिकताबाट बञ्चित गरे आन्दोलन गर्छौ : प्रेम गाहामगर

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकारले एनआरएनहरुलाई वंशजको नागरिकताबाट बञ्चित गर्ने प्रयास गरे आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

    युकेको अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा बोल्दै अध्यक्ष गाहामगरले यस्तो चेतावनी दिएका हुन् ।



    उनले वंशजको नागरिकताबाट बञ्चित गर्ने प्रयास एनआरएनहरुले नेपालबाटै आन्दोलन गर्ने बताए । एनआरएनएले लामो समयदेखि आफ्ना सदस्य र सन्तानहरुको हकमा नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको उनको भनाई छ ।



    राजनीतिक तहबाट यसमा प्रतिवद्धता जनाइए पनि कार्यान्वयनमा लैजान सरकारले वेवास्ता गरेका कारण अब नेपालदेखि विदेशमा रहेका नेपालीले राजदुतावास घेर्ने र दवाव दिने रणनितीमा आफु रहेको अध्यक्ष गाहामगरले बताए ।

    विश्वमा छरिएर रहेका नेपलीहरुले आफ्नो दक्षता प्रस्तुत गर्दै देश मात्र होइन विदेशमा समेत उच्च नाम राखेको हुँदा देश विकास र निकासको लागि विदेशमा सिकेको सिप र दक्षतालाई आफ्नो जन्म भुमिमै प्रयोग गर्न पाउनुपर्ने उनले माग गरे ।

    सो कार्यक्रममा सहभागी एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले, योगेन क्षेत्री पूर्व उपाध्यक्ष सोनाम लामा लगायतले पनि वंशजको नागरिकता निरन्तर हुनपर्ने माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार