Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बजेटबारे बाबुराम भट्टराईको टिप्पणी – पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला ?

    बजेटबारे बाबुराम भट्टराईको टिप्पणी – पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 384
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतकै निरन्तरता भएको बताएका छन् ।

    सोमबार राति सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्रले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेको बताए ।



    उनले लेखेका छन्, ‘नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा छ । अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुईतिहाइ हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एकतिहाइमध्ये पनि पुँजीगत खर्च (रू ३ खर्ब २ अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँरब्याज भुक्तानी (रू ३ खर्ब ७ अर्ब) बढी हुन थालेछ । यो भनेको हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दैछ भन्ने हो । यसले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेछ भन्ने प्रष्टै छैन र रु पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार