Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बजेट लगत्तै उच्च अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

    बजेट लगत्तै उच्च अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 441
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ ।



    नेप्से उच्च अंकले घटेपनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ । आज ७० लाख कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।



    जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोडको भएको छ । यस्तै उपसमूह तर्फ आज सबै समूहमा गिरावट आएको छ । आज बजार पुँजीकरण २७ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार