Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

    काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 783
    SHARES

    काठमाडौं । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर अघि नबढाउँदा फोहोरको वर्गीकरण गर्ने कार्य नै अलपत्र परेको हो ।

    काठमाडौं महानगरपालिकाले गत १ साउन २०७९ मा सूचना सार्वजनिक गर्दै स्रोतमै फोहोरको वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिँदै सार्वजनिक सूचना प्रकाशित गरेको थियो । महानगरले सूचना जारी गरेको वर्ष दिन बित्न लाग्दा पनि फोहोर वर्गीकरणको काम सुरुसमेत हुन सकेको छैन ।



    महानगरमा नयाँ जनप्रतिनिधि चयनका लागि निर्वाचन हुने क्रममा काठमाडौं उपत्यकाको फोहोर नउठेर दुर्गन्धमय अवस्था रहेको थियो । फोहोरको समस्या समाधानका लागि महानगरको नयाँ नेतृत्वले दीर्घकालीन रूपमा नै फोहोरको समस्या समाधान गर्न स्रोतमै वर्गीकरण गर्ने योजना लिएको थियो ।



    तत्कालीन समयमा महानगरदेखि केन्द्र सरकारसम्मको प्रयासमा काठमाडौं उपत्यकाको फोहोरको समस्या समाधान भएको थियो । फोहोर नियमित रूपमा उठ्न थालेसँगै महानगरपालिकाले भने फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बिर्सिएजस्तै भएको छ भने वर्गीकरणको विषयलाई समेत बेवास्ता गरेको पाइएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार