Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

    राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

    अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो । आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।



    राष्ट्रिय टोलीमा स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् ।



    दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।

    जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने प्रतियोगितामा समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार