Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रवि लामिछानेले भने – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ

    रवि लामिछानेले भने – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध छ

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 936
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरूद्ध रहेको बताएका छन्।

    सभापति लामिछानेले सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएका हुन् ।



    सभापति लामिछानेले लखेका छन्,’नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’



    सभापति लामिछानेले बुधबार फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरे ।

    सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

    गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार