Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

    कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् ।

    बुधबार विराटनगरमा एक पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् ।



    जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।



    उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार