Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार, खोज्न डिएसपीसहितको टोली परिचालन

    कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार, खोज्न डिएसपीसहितको टोली परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 13.1K
    SHARES

    लमजुङ । जिल्ला कारागार लमजुङबाट दुईजना कैदी बन्दी फरार भएका छन् ।

    बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नाघेर लमजुङको मध्यनेपाल गरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका-१६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ फरार भएका हुन् ।



    बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलको कमाण्डमा प्रहरी टोली खटिएको छ ।



    विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार