Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालले मलेसियालाई दियो १११ रनको विजयी लक्ष्य

    नेपालले मलेसियालाई दियो १११ रनको विजयी लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 870
    SHARES

    काठमाडौं । पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १११ रनको विजयी लक्ष्य दिएको छ ।

    मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।



    नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योती पाण्डेले २३ रन बनाउँदा सिता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए।



    मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एक एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार