Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा आफ्नै गोताखोर, उपप्रधानमन्त्री श्रेष्ठले दिए तालिम प्रमाणपत्र

    नेपालमा आफ्नै गोताखोर, उपप्रधानमन्त्री श्रेष्ठले दिए तालिम प्रमाणपत्र

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 780
    SHARES

    चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जल उत्पन्न जोखिम उच्च भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गर्नु गौरवपूर्ण काम भएको बताएका छन् ।

    बिहीबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उनले यस्तो बताएका हुन्।



    पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो तालिम ठूलो योगदानको रुपमा अंकित हुनेछ। जनताको सेवा गर्न सीपसहित आफूलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’



    गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सहभागीहरुलाई उनले प्रमाणपत्र प्रदान गरे ।

    नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई मध्यनजर गर्दै सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।

    सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालका अनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुनेगर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै रहेका थिए ।

    यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो।

    उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दारसम्बन्धि सामाग्रीहरूको समेत निरीक्षण गरेका थिए।

    समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको सहभागीता थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार