Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

    आईओसीले बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।



    निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । यस्तै हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ ।



    पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको निगमले जनाएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन ९आईओसी०ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार