Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईओसीले पठायो नयाँ मूल्य सूची : पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई ईन्धनको घट्यो

    आईओसीले पठायो नयाँ मूल्य सूची : पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई ईन्धनको घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आएको छ।

    इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य बढेर आएको छ।



    हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर आएको छ । यसैगरी, एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ।



    पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारी रहेको नेपाल आयल निगमले जनाएको छ ।

    हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार