Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ए डिभिजन लिग : पुलिसले एनआरटीलाई हरायो, फ्रेन्ड्स र हिमालयनको बराबरी

    ए डिभिजन लिग : पुलिसले एनआरटीलाई हरायो, फ्रेन्ड्स र हिमालयनको बराबरी

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले न्यूरोड टिमलाई हराएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।



    पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे ।



    जितसँगै पुलिस २३ खेलमा ३४ अंकसहित चौंथो स्थानमा रहेको छ भने एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

    आजै च्यासल मैदानमा भएको अर्को खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

    यस बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको छ । हिमालयनले २३ खेलमा ३० अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार