Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौं महानगरको निर्देशन – नयाँ बसपार्कबाट मात्र गाडी सञ्चालन गर्नू

    काठमाडौं महानगरको निर्देशन – नयाँ बसपार्कबाट मात्र गाडी सञ्चालन गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।

    महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो ।



    महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न महानगरपालिकाले जोड दिएको छ।



    यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि भनेको छ ।

    सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार