Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा बजेट नआउन्जेल अनावश्यक भेटघाट नगर्न निर्देशन

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा बजेट नआउन्जेल अनावश्यक भेटघाट नगर्न निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 909
    SHARES

    काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्।

    बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य नहुन्जेसम्म भेटघाट नगर्न निर्देशन दिएका हुन् ।



    मुख्यमन्त्री शाहले प्रदेश सरकार मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, मन्त्रालयका सबै सचिव र मन्त्रालय मातहतका कर्मचारीहरूलाई योजना सम्बन्धी अनावश्यक भेट नगर्न आग्रह गरे ।



    मुख्यमन्त्रीको सचिवालयका अनुसार यस अगाडिका सरकारले बजेटको मुखमा अनावश्यक भेटघाट गर्दा बजेट चलखेल हुने आरोप लागेकाले यसपटक त्यस्तो हुन नदिन मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

    प्रदेश सरकारले गत जेठ १३ गतेदेखि आगामी वर्षको बजेटका लागि प्रदेशसभामा छलफल गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार