Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुनकोशी नदिमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    सुनकोशी नदिमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएका छन्।

    सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको गाडी  घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट नदिमा खसेको हो ।



    गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए।



    दुर्घटनामा गाडीका चालक भने झ्यालबाट हाम फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

    उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेको सीटीईभीटीले जनाएको छ । अहिले उनीहरुको खोजी भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार