Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनकोशीमा बेपत्ता सीटीईभीटीका उच्च अधिकारी खोज्न सशस्त्रको टोली परिचालन

    सुनकोशीमा बेपत्ता सीटीईभीटीका उच्च अधिकारी खोज्न सशस्त्रको टोली परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्रको टोली पनि परिचालन गरिएको छ।

    सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता शैलेन्द्र थापाका अनुसार आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) सहितको टोली परिचालन गरिएको हो ।



    काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको एउटा गाडी (जीप) शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो ।



    गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए ।

    दुर्घटनामा  चालक भने झ्यालबाट हाम फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार