Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • नेपाली फिल्म ‘राधा’ले जित्यो एकसाथ तीन अवार्ड

    नेपाली फिल्म ‘राधा’ले जित्यो एकसाथ तीन अवार्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 663
    SHARES

    काठमाडौं । फ्रान्सको कान्समा आयोजना भएको ‘ला फाम इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ को ७ विधामा मनोनयनमा परेको ‘राधा’ले तीन विधामा अवार्ड जितेको छ।

    सुवर्ण थापा निर्देशित फिल्मले अभिनेत्री, निर्देशन र फिल्म गरी ३ विधामा अवार्ड जितेको हो ।



    फेस्टिभलमा राधा फिल्म लेखन, निर्देशन, अभिनय, छायांकन, सेट डिजाइन, सम्पादन गरी ७ विधामा मनोनयनमा परेको थियो।

    ला फेमे इन्डिपेन्डेन्ट फिल्मले विशेषतः महिला फिल्मकर्मी र महिला चरित्रलाई प्राथमिकता दिने उद्देश्यले फेस्टिभलको आयोजना गर्दै आएको छ।

    सृष्टि श्रेष्ठमा केन्द्रित ‘राधा’मा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको पनि अभिनय रहेको छ ।

    सौगात मल्ल तथा निर्देशक थापाको संयुक्त लगानीमा  बनेको फिल्मले सकारात्मक प्रतिक्रिया र नेपालसहित विदेशी फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड पाएपछि नेपालमा आगामी भदौ २९ गते नेपालमा पुनः प्रदर्शन हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार