Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देउवाका छोरा जयवीरले गरे प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट

    देउवाका छोरा जयवीरले गरे प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् ।

    जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि बिहीबार बेलुका पारिवारिक जमघटमा जयवीरले प्रेमिका श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।



    समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए । इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए ।



    दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशिर्वाद दिएका छन् । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार