Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतीय कम्पनी बीफोरयूले किन्यो नेपाली चलचित्र ‘परस्त्री’ को हिन्दी राइट

    भारतीय कम्पनी बीफोरयूले किन्यो नेपाली चलचित्र ‘परस्त्री’ को हिन्दी राइट

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । चलचित्र ‘परस्त्री’को म्युजिक राइट्स भारतीय म्युजिक कम्पनी ‘बीफोरयू’ मुभी एन्ड म्युजिकले खरिद गरेको छ ।

    हिन्दी भाषामा डब भएको ‘परस्त्री’को म्युजिक राइट्स बीफोयू मुभी एन्ड म्युजिकले खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।



    आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन्। फिल्म नेपालकै मितिमा भारतका हलमा पनि लाग्नेछ ।



    चलचित्र विवाहपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार