Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ

    गृहमन्त्री श्रेष्ठले भने – भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढनु पर्ने बताएका छन् ।

    शुक्रबार इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको बताए ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’

    इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर वरिष्ठ सई नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित झण्डाहरू हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल गत वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

    प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्री श्रेष्ठले पूर्वप्रहरी नेतृत्वलाई समेत धन्यवाद दिए ।

    गृहमन्त्री श्रेष्ठले भने,’ठगी तथा संगठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी छन् । कसैको दबाबमा नपरी कुनै निर्दोष नफसोस र कुनै दोसि नउम्कियोस् । यसरी कार्यसम्पादन गरे मात्रै प्रहरीको सफलता देखिन्छ । जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो ।’

    सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने गृहमन्त्री श्रेष्ठको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार