Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • स्वास्थ्यमन्त्री बस्नेतले बालेनलाई भने – प्रचारभन्दा काम गरौं, हामी एक्शन ओरिन्टेट बनौँ

    स्वास्थ्यमन्त्री बस्नेतले बालेनलाई भने – प्रचारभन्दा काम गरौं, हामी एक्शन ओरिन्टेट बनौँ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन् ।

    शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफू प्रचारबाजीभन्दा पनि जरो समातेर रोग पत्ता लगाई उपचार गर्ने पद्धतिमा रहेको टिप्पणी गरे ।



    मन्त्री बस्नेतले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई अस्पतालमा विपन्नहरूलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरे पनि भेट भइसकेपछि भने चेतावनीको रूपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए ।



    उनले मेयर शाहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र त्यहीअनुसार आफूले प्रमाणित गरेको बताए ।

    ‘महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र काम गर्न पाउँछ । प्रचारभन्दा काम गर्ने शैलीमा जोड दिनुपर्छ । हामी एक्शन ओरिन्टेट बनौँ । प्रचारबाजी सही कुराका लागि सूचना र सचेतनाका लागि गरौँ’, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार