Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपाल प्रहरीका दुई एसपी र तीन डीएसपीको सरुवा, को कहाँ पुगे ?

    नेपाल प्रहरीका दुई एसपी र तीन डीएसपीको सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 10.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद सिलवालको सरुवा भएको हो ।

    नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको जिम्मेवारी दिइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट एसपी सिलवाललाई अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ ।



    कार्यालयका अनुसार प्रहरी नायक उपरीक्षक (डीएसपी) रविन्द्र गुरुङलाई गौतमवुद्ध विमानस्थल भैरहवाबाट प्रहरी वृत सिंददरबार तानिएको छ ।



    उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ भने तुलसी अर्याललाई काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार