Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतको ओडिसामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

    भारतको ओडिसामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ ।

    गएराति चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा बाहानागा बजारस्टेसननजिकै दुर्घटना भएको हो ।



    भारतीय समाचार संस्थाहरूका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् ।



    भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।

    यस्तै भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार