Online Nepal
  • शनिबार, १० साउन २०८२
  • विद्यालको शौचालयमा जलिरहेको अवस्थामा भेटिए विद्यालयकै लेखापाल

    विद्यालको शौचालयमा जलिरहेको अवस्थामा भेटिए विद्यालयकै लेखापाल

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 2.5K
    SHARES

    मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।

    आज बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।



    मृगौलिया घर भएका ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ : ५० बजेतिर भेटिएका थिए । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

    बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    जलेर गम्भीर घाइते उनको कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार