Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • शरणार्थी प्रकरणमा माओवादीकै नेता दोषी ठहरिएपनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

    शरणार्थी प्रकरणमा माओवादीकै नेता दोषी ठहरिएपनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 696
    SHARES

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा माओवादीकै नेता दोषी ठहरिएपनि कारबाही गर्ने बताएका छन् ।

    शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताए ।

    गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईहरुले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रुपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ । हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन ।’

    गृहमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गरी दोषीमाथि कारबाही हुने बताए । गृहमन्त्री श्रेष्ठले आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने बताए ।

    श्रेष्ठले सुशासनको बाधकका रुपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न पछि नहट्ने बताए ।

    श्रेष्ठले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका नेताहरु पनि भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने र त्यो बेला आश्चर्यमा पर्न आवश्यक नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार