Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – सरुवा र बढुवाका लागि अनुचित लाभ लिनेलाई जेल हाल्छु

    गृहमन्त्री श्रेष्ठले भने – सरुवा र बढुवाका लागि अनुचित लाभ लिनेलाई जेल हाल्छु

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने चेतावनी दिएका छन् ।

    शनिवार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु ।’



    गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन र अन्य क्षेत्रमा हुने सरुवा र बढुवाका लागि अनुचित लाभ लिने र दिने दुवैलाई कारबाही गर्ने बताए ।

    पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको गृहमन्त्री श्रेष्ठको भनाई छ । गृहमन्त्री श्रेष्ठले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार