Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गगनलाई देउवाको जवाफ – सभापतिलाई गाली गरेर पार्टी बलियो हुँदैन

    गगनलाई देउवाको जवाफ – सभापतिलाई गाली गरेर पार्टी बलियो हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन् ।

    शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।



    सभापति देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताए । महामन्त्री गगन थापाप्रति लक्षित गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताए।



    उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने बताए।

    सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने स्पष्ट पारे। उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार