Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमालेले भन्यो – प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत दिएको अभिव्यक्तिको संसदमा जवाफ माग्छौं

    एमालेले भन्यो – प्रधानमन्त्रीले भारतमा राष्ट्रहितविपरीत दिएको अभिव्यक्तिको संसदमा जवाफ माग्छौं

    अनलाइन नेपाल
  • शनिबार, २० जेष्ठ २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको संसदमा जवाफ माग गर्ने भएको छ ।

    शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।



    प्रधानमन्त्रीले प्रचण्डले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा यो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए । अहिले प्रधानमन्त्रीको त्यो अभिव्यक्तिको विरोध भइरहेको छ ।



    पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहितका कुनै विषय उठान गर्न नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार