Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

    प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन्

    पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए ।



    पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए ।



    उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताए । तर, यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उनीहरूको भनाइ छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार