Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको पक्षबाट दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

    नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको पक्षबाट दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ ।

    पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढीले बहस गर्ने भएका छन् ।



    पूर्वगृहमन्त्री खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए।

    त्यस्तै नेपाल बार एसोसिएशनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि उनको पक्षमा बहस गर्दै छन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाँणको पक्षबाट बहस गर्ने छन् ।

    त्यसबाहेक योगेन्द्र अधिकारी, हरिहर दाहालसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणको पक्षबाट बहस गर्न नाम टिपाएका छन् ।

    सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने टुंगो लाग्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार