Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले प्रमुख सचेतक गिरीले भने – प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद् अघि बढ्दैन

    एमाले प्रमुख सचेतक गिरीले भने – प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद् अघि बढ्दैन

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 831
    SHARES

    काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक पदम गिरीले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने बताएका छन् ।

    प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारले नागरिकता विधेयक प्रमाणीकरणको निर्णय नसच्चाए संसद् चल्न नदिने बताएका हुन् ।



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने बताए ।



    प्रमुख सचेतक गिरीले भने, ‘राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कदम असंवैधानिक छ । यो संविधानको भावना र मर्मविपरित पनि छ। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने राष्ट्रघाती अभिव्यक्ति दिनुभयो । यी दुवै विषयमा हामी संसद्मा प्रधानमन्त्रीको जवाफ माग्छौ । प्रधानमन्त्रीले माफी माग्नुपर्छ । यो नभएसम्म सदन अघि बढ्न सक्दैन ।’

    राष्ट्रपतिले नागरिकता विधेयक असंवैधानिक ढङ्गले प्रमाणीकरण गरेकाले सो निर्णय सच्चाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार