Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ब्रोकर तालाबन्दीले नेप्सेमा कारोबार ठप्प

    ब्रोकर तालाबन्दीले नेप्सेमा कारोबार ठप्प

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 600
    SHARES

    काठमाडौं । आन्दोलनरत लगानीकर्ताहरूले ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार ठप्प भएको छ ।

    लगानीकर्ताहरूले ५० वटै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि स्वतः स्फूर्तरुपमा कारोबार नहुँदा शेयर कारोबार प्रभावित भएको हो ।



    आज प्रि-ओपन सेसनमा कारोबार नै भएन भने  नियमित समयमा पनि एकाधमात्र कारोबार भएको छ ।



    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।

    विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।

    आन्दोलनरत लगानीकर्ताका प्रतिनिधीहरू र अर्थमन्त्री डा. प्रकाश शरण महतबी अहिले अर्थमन्त्रालयमा वार्ता जारी रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार