Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० शृंखला

    मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० शृंखला

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । पाँच खेलको महिला टी-२० आई शृङ्खलाको पाँचौ खेलमा नेपाली टोली विजयी भएको छ ।

    मलेसियासँगको ५ खेलको टी-२० शृंखलामा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो ।



    घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् ।



    नेपालले पहिलो ओभरमा ओपनर कविता कुँबरलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता रानामगर र ईन्दु बर्माले १५ रनको साझेदारी गरेका थिए । बर्माले ९ बलमा ५ रन बनाएकी थिइन् ।

    सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् ।

    अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डे ११ रनमा अविजित रहिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार