Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति, सेयर बजारमा हरियाली

    लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति, सेयर बजारमा हरियाली

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । अर्थमन्त्रालयले पूँजीगत लाभकरमा साविकै कर लागू हुने जनाएको छ ।

    आर्थिक विधेयक, २०८० को दफा २९ लाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका लगानीकर्ता र अर्थ मन्त्रालयबीच आइतबार साविककै कर लागू हुनेगरि सहमति भएको हो ।



    पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा पुगेका थिए ।



    अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार खुलेको एक घण्टा १५ मिनेटमा बढेर १९३३.५७ विन्दुमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार