Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिपक्षी तीन दलले अवरोध गरेपछि संसद बैठक स्थगित

    प्रतिपक्षी तीन दलले अवरोध गरेपछि संसद बैठक स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 873
    SHARES

    काठमाडौं । नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

    एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित भएको हो।



    राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्‍याएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।



    आइतबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका छन् ।

    गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए । त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार