Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्को अवरोध अन्त्य हुन्छ : केपी ओली

    नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्को अवरोध अन्त्य हुन्छ : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

    संघीय संसद् भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’



    अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए ।

    एमालेले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको रिहाइलगायतका विषयमा विरोध जनाउँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अवरूद्ध गरेको थियो।

    प्रधानमन्त्रीले अभिव्यक्तिप्रति माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार