Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एमालेमै फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने

    एमालेमै फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने नेकपा एमालेमा फर्किएका छन् ।

    केही समयअघि नेकपा एसको पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।



    एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई एमालेमा स्वागत गरेका हुन् ।



    सो अवसरमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले पनि उपस्थिती थियो ।

    उनी एमाले-माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए।

    एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार