Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • एकैपटक इराकसहित थप ७१ देशमा श्रम स्वीकृति दिने सरकारको तयारी

    एकैपटक इराकसहित थप ७१ देशमा श्रम स्वीकृति दिने सरकारको तयारी

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 987
    SHARES

    काठमाडौं । सरकारले सबै नेपालीलाई रोजगारी गर्न  विदेश पठाउने नीति अन्र्तर्गत थप ७१ देशमा श्रम स्वीकृति खोल्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यी देशहरुमा एकै पटक श्रम स्वीकृति खोल्ने तयारी गरेको हो।

    आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम मन्त्री शरतसिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका थप ७१ देशमा श्रम स्वीकृति खोल्ने तयारी भएको बताए । नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ ।



    सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित नभए पनि कसैले माग ल्याएमा अवस्थामा श्रम स्वीकृति दिन नरोक्ने तयारी रहेको मन्त्री भण्डारीले स्पष्ट पारे ।

    वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने सरकारको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार