Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अग्रता जोगाउन नसक्दा मछिन्द्र पुलिससँग पराजित, एनआरटी र हिमालयनको बराबरी

    अग्रता जोगाउन नसक्दा मछिन्द्र पुलिससँग पराजित, एनआरटी र हिमालयनको बराबरी

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २-१ ले पराजित भएको छ ।

    च्यासल मैदानमा आइतबार पुलिसले मछिन्द्रलाई २–१ गोल अन्तरले हराएको हो ।



    पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मछिन्द्रका आफिज ओलावालेले खेलको २७ औं मिनेटमा एक गोल गरे ।



    जितसँगै पुलिस २४ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको चौथो स्थानमा छ। मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

    आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा एनआरटी र हिमालयनले १-१ गोलको बराबरी खेलेका छन् ।

    यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोड्दै दशौँ स्थानमा रहेको छ भने हिमालयनले २४ खेलमा ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार