Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बालबच्चाको हेरचाह नगरेको भन्दै साथीको सहयोगमा श्रीमानको हत्या

    बालबच्चाको हेरचाह नगरेको भन्दै साथीको सहयोगमा श्रीमानको हत्या

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 924
    SHARES

    परासी । नवलपरासीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको रामग्राम नगरपालिका–१४ पर्सावलकी हशिवुन निशाले आफ्ना भारतीय साथीको सहयोगमा २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट शुक्रबार बिहान फेला परेको थियो ।



    हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष हशिवुनले बयान दिएकी छिन् ।



    हत्यामा संलग्न भारतीय नागरिकको नाम खुलाएको छैन भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि प्रहरीले कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार