Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘बोल माया’को दोस्रो भाग ल्याउँदै गायक प्रकाश सपुत

    ‘बोल माया’को दोस्रो भाग ल्याउँदै गायक प्रकाश सपुत

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 894
    SHARES

    काठमाडौं । गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् ।

    प्रकाशको सांगीतिक करिअरकै सबैभन्दा चर्चित गीत ‘बोलमाया’को दोस्रो भागका रुपमा ‘दमाई महाराज’ ल्याउने तयारी गरेको उनले फेसबुकमार्फत् जानकारी दिएका छन्।



    ‘बोलमाया’ भाग २ ले हाम्रो अन्धविश्वास र जातप्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ’ प्रकाशले फेसबुकमा लेखेका छन् ।



    बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथामा उनले चार वर्षअघि ‘बोल माया’ ल्याएका थिए ।

    यो सिर्जना भने जातीय विभेदविरुद्धको हुने बताइएको छ । उनको पछिल्लो गीत ‘सकम्बरी’ यतिबेला पनि चर्चामा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार