Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई एमाले सांसद ढकालको प्रश्न – कतै भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन?

    प्रधानमन्त्रीलाई एमाले सांसद ढकालको प्रश्न – कतै भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन?

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले माओवादीले गरेको दस वर्षे सशस्त्र द्वन्द्वबारे प्रश्न गरेका छन् ।

    आफ्नो भारत भ्रमणबारे जानकारी गराउन संसदमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सांसद ढकालले सशस्त्र द्वन्द्वबारे प्रश्न गरेका हुन् ।



    सांसद ढकालले माओवादीले गरेको दस वर्षे सशस्त्र द्वन्द्वबारे गम्भीर आशंका व्यक्त गरे।



    सांसद ढकालले भने,’प्रधानमन्त्री भारत भ्रमणमा जाँदा ती आफैले आजभन्दा २८ वर्ष अगाडि राखेका बुँदाहरूका बारेमा किन छलफल गर्न सक्नुभएन, किन मुद्दा उठाउनु भएन? यसले के प्रमाणीत गर्छ भने कतै भारतकै इशारामा दस वर्षे युद्ध भएको त थिएन?’

    सांसद ढकालले २८ वर्षअघि ४० बुँदे माग राखेर तत्कालीन माओवादीले सुरू गरेको हिंसात्मक युद्ध भारतकै इशारामा भएको हो भनि प्रश्न गरेका छन्।

    तत्कालीन माओवादीले राखेका ४० बुँदामध्य ९ बुँदा मागहरू भारतसँग रहेको स्मरण गराउँदै उनले ती मागहरू अहिलको भारत भ्रमणमा नराख्नुको कारण सोधेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार