Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कांग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा : महामन्त्री गगन थापा

    कांग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा : महामन्त्री गगन थापा

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौमा गर्ने बताएका छन् ।

    काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका हुन् ।



    महामन्त्री थापाले भने, ‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौ।’



    नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री थापाले बताए ।

    १४ औं महाधिवेशन सकिएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनिए पनि नेतृत्व चयनका लागि झण्डै डेढ वर्षपछि गर्न लागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार