Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शेयर बजार १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार

    शेयर बजार १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 468
    SHARES

    काठमाडौं । अघिल्लो दिन मात्रै ५३ अंकले बढेको नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज १७.३८ अंकले ओरालो लाग्दै नेप्से १९०१.९९ बिन्दुमा कायम भएको छ ।



    बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दिन एक अर्ब ९७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ८९ रुपैयाँको शेयर किनबेच भयो ।



    आज २७७ धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार