Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रपतिलाई नागरिकता विधेयक दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो

    प्रधानमन्त्री प्रचण्डले भने – राष्ट्रपतिलाई नागरिकता विधेयक दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट दुई पटक पारित भएको नागरिकता विधेयक खारेज गर्न सम्भव नरहेको बताएका छन् ।

    नागरिकता विधेयकको विषयमा संसद्मा उठेका प्रश्नको सोमबारको प्रतिनिधसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संसद्‍बाट दुई पटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘संसदले पास गरेको र प्रमाणीकरण नभएको विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ भनेर जानकारी गराएको मात्र हो । यो अरूजस्तो विधेयक हैन, प्रतिनिधिसभामा पारित भएको, राष्ट्रियसभामा पारित नभएको जस्तो पनि हैन । वा दुवैबाट मात्र नभएको वा प्रस्तुत मात्र भएको वा अर्को संसद् आएपछि स्वतः जिरोमा जाने प्रकारको विधेयक पनि यो हैन । यो बिधेयको स्थिति विशिष्ट रह्यो । यो विधेयक तपाईँको दराजमा छ हेर्नुहोस् त भनेको मात्र हो ।’

    प्रधानमन्त्री प्रचण्डले अघिल्लो संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले सिफारिस नगरी अनुरोध मात्र गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार