Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो, प्रोटोकल भद्रगोल बनाए : केपी ओली

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो, प्रोटोकल भद्रगोल बनाए : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 924
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फितलो रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमण अभिव्यक्तिले तरङगीत पैदा गरेको छ । बंगलादेश जाने बाटोसँग लिम्पियाधुरा लिपुलेक सट्टापट्टा गर्न सकिने अभिव्यक्तिहरू प्रधानमन्त्री ज्यूबाटै आइरहेका छन् । आफ्नो जमिन अर्कालाई दिने भन्ने कुरै हुँदैन । र, कानुनमा पनि यस्तो कुरा हुँदैन । सुगौलीसन्धीभन्दा ठूलो तथ्याकं के हुन सक्छ ? प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो । भोलि नातिनी लगे के भन्ने ? प्रोटोकल यस्तो भद्रगोल गर्न हुँदैन ।’



    अध्यक्ष ओलीले नेपालको शिर ठडिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको र प्रोटोकल भद्रगोल बनेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देश उत्साहित हुनुपर्ने ठाउँमा तरङगीत् बनाएको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार