Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बुढानीलकण्ठमा उपमेयरको हैकम, गोकर्णेश्वरमा अख्तियार पस्दा कागेश्वरीमा अधिकृत बर्तौलाको रजाई

    बुढानीलकण्ठमा उपमेयरको हैकम, गोकर्णेश्वरमा अख्तियार पस्दा कागेश्वरीमा अधिकृत बर्तौलाको रजाई

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 702
    SHARES

    काठमाडौं । बुढानीलकन्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी हुन् । तर उक्त नगरपालिकामा उनको भन्दा बढी हैकम उपमेयर अनिता लामाले चलाउँदैआएकी छन् । उपमेयरलाई न्यायिक समितिको संयोजक र अनुगमनको कार्य हेर्ने स्पष्ट ब्यवस्था हुँदाहुँदै उनी आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर पालिकाका महत्वपूर्ण निर्णयमा हस्तक्षेप गर्दैआएकी छन् ।

    कर्मचारीलाई निर्देशन दिनेदेखि सार्वजनिक स्थलमा पालिकाका कर्मचारीलाई सत्तोसराप गर्ने, मेयरका बिरुद्ध गुटबन्दी गर्ने, जातीय आधारमा जनप्रतिनिधि र कर्मचारीमा विभाजन ल्याउने काम समेत उनीबाट हुँदैआएको एक वडाध्यक्षले बताए । हरेक महिना हुँदैआएको सार्वजनिक सुनुवाइ कार्यक्रम अन्तर्गत जेठ ११ गते पालिका परिसरमा राखिएको थियो । मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत तुल्सी अर्यालकै अगाडि उपमेयर लामाले पालिकामा आफूले नेतृत्व गरेको न्यायिक समिति उत्कृष्ट रहेको घोषणा गर्न पछि परिनन् ।



    वडाध्यक्षहरु उनको सो घोषणा सुनेर लज्जित भएका थिए । एक वडाध्यक्षको प्रश्न छ–‘पालिकाको उपमेयर भएपछि आजका मितिसम्म उनले नेतृत्व गरेको न्यायिक समितिबाट एउटा पनि मुद्दाको किनारा लाग्न नसकेको अवस्थामा उनले कसरी आफ्नो समितिलाई उत्कृष्ट घोषणा गरेकी हुन् ?’ जबकि उक्त समितिमा थुप्रै उजुरीहरु परेका छन् । ती उजुरीमा निर्णय दिन नसकेकी उपमेयरले उल्टै उत्कष्ट भन्दा देख्नेलाई भन्दा…. लाज जस्तै भएको छ ।



    कानुनी सल्लाहकार पुण्य काफ्लेले जे जे भन्यो, त्यही त्यही गर्दैआएकी लामाले परेका उजुरीलाई कार्यालयमै बसेर छलफल गरी किनारा लाउनुपर्नेमा रेष्टुरेन्ट, क्याफेतिर पक्ष विपक्षलाई छुट्टाछुट्टै बोलाएर डिल गर्ने गरेको आरोप छ । बिहीबारको सार्वजनिक सुनुवाइमा उपस्थित नगरबासीले पालिकाभित्र भएका कार्यक्रमहरुको अनुुगमन गर्ने दायित्व उपमेयरको भए पनि उनले त्यो जिम्मेवारी पूरा नगरेको, अनुगमन नै नगरी योजना सम्पन्न भएको भनी हस्ताक्षर गर्दैआएको लामाको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।

    बुढानीलकन्ठ नगरपालिकामा विनियोजित विकास कार्यक्रम बाहेकका फजुल खर्च नियन्त्रण गर्नका लागि जनप्रतिनिधिहरु एकजुट हुनुपर्नेमा उनीहरु नै कसरी हुन्छ, त्यस्तो बजेट त्यस्ता कार्यक्रमहरु राख्ने प्रवृत्ति बढेर गएको छ । पुनर्ताजगी कार्यक्रम भनेर जनप्रतिनिधि र उच्च कर्मचारीले पालिकाको बजेटमै घुमघाम र खान्तेपिन्तेका लागि २५ लाख रुपैयाँ छुट्याएको र उक्त रकमको पहिलो किस्ता धुलिखेलमा रमाइलो गरिसकेको आरोप छ । दोस्रो चरणमा धरान, भेडेटारतिर घुमघाम गरिसकेका छन् । असारसम्म सो रकम घुम्ने र रमाइलो गरी सक्ने योजनामा भने सबैको एकमत देखिएको छ ।

    उपमेयरको ध्यान धार्मिक कार्यक्रमदेखि लिएर बितरणमुखी कार्यक्रममा बजेट छुट्याउनतिर मात्रै जाने गरेको छ । मेयर र उपमेयरबीचको फाटो त छँदैछ, त्यसमा वडाध्यक्षहरुसमेतले खेल्ने गरेका छन् । मेयरलाई साथ दिंदैआएका वडाध्यक्षहरु पनि पछिल्लो समय उपमेयरतिर लागेका कारण अहिले पालिका संचालनमा समेत चरम गुटबन्दी देखिएको छ । एमालेको बहुमत भएको बुनपामा कांग्रेस र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरुमाथि पनि मेयर र उपमेयरबीचको द्वन्दमा जता लाभ हुन्छ त्यतै लाग्ने गरेको छ ।

    यसैबीच, आर्थिक मन्दीका कारण समस्याग्रस्त हुँदैआएका सहकारीका संचालकहरुमा बुनपाका जनप्रतिनिधिहरु पनि रहेको फेलापरेको छ । २ हप्ताअघिदेखि भूमिगत भएका वडा नम्बर ६ र ७ का वडाध्यक्ष केही दिनअघिमात्र सार्वजनिक भएका छन् । भद्रकाली सहकारीको करिब २ करोड रकम हिनामिना गरेको आरोप खेपेका वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्का, ७ का वडाध्यक्ष बसनारायण महर्जन, मदन आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम भण्डारी २ हप्ता भूमिगत भएर बिहीबार मात्र सार्वजनिक भएका हुन् ।

    गत शुक्रबार बुनपा नेतृत्वले बजेट तयारीका लागि सो क्षेत्रका संघीय सांसद गगनकुमार थापा र प्रदीप पौडेललाई बोलाएको थियो । २ घन्टासम्म पालिकाका जनप्रतिनिधिसँग बिताएका सांसदद्वय थापा र पौडेलले नगरभित्र खानेपानी, सडक र पर्यटनलाई प्राथमिकता दिएर बजेट तर्जुमा गर्न आग्रह गरेका थिए । निर्वाचित भएपछि बाहिरी भाषण र चर्चामा रहेका थापा र पौडेलले नगरस्तरीय अस्पताललाई पूर्णता दिनका लागि समेत भूमिका नखेलेको अवस्थामा पालिकामै पुगेर नेतृत्वलाई यो वा त्यो गर्न सुझाव दिनुको कुनै अर्थ नभएको एक वडाध्यक्ष बताउँछन् ।

    संसदमा चर्का भाषण गर्ने दुवै सांसदले क्षेत्र र बुनपाको विकासमा अहिलुेसम्म ठोस काम गर्न नसकेको आरोप छ । बर्षा लागिसके पनि कपन डुबान र टुकुचा ब्यवस्थापनमा चासो नदेखाएका उनीहरुले दिएको सुझावलाई बुनपाको नेतृृत्वले कसरी ग्रहण गर्छ त्यो हेर्न बाँकी छ । संसदको चुनावको मुखमा तत्कालीन सहरी विकास मन्त्री मेटमणि चौधरीलाई विशेष आग्रह गरेर काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत कपन डुबान नियन्त्रण गर्न आयोजना बनाउने नीतिगत निर्णय गराए पनि त्यसपछि त्यसले गति लिनसकेको छैन ।

    यसैबीच, आर्थिक मन्दीको मारमा देश परिरहेको बेला गोकर्णेश्वर नगरपालिकाले समेत पुनर्ताजगी तालिमका नाममा फजुल खर्च गरेको बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको छ । नगरपालिका मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारीहरुले पुनर्ताजगीको बजेट नगरकोटमा गएर १८ लाख रुपैयाँ कक्टेलमा सकेको भिडियो नै सार्वजनिक भएपछि अख्तियारले सो सम्बन्धी फाइल नै शुक्रबार छानबिनका लगेको छ । गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठ सापकोटा डेढ बर्षदेखि उक्त नगरपालिकामा कार्यरत छन् ।

    उनले ठूलै भेटी बुझाएर थमौती भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सचिवालयलाई उनले चित्त बुझाएर सरुवा थमौती गर्न सफल भएका थिए । १ बर्ष पुगेका काठमाडौं उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये अधिकांशको सरुवा भयो, तर सापकोटाको भने गोकर्णेश्वरमै थमौती भएको छ । बुनपाको प्रमुख प्रशासकीय अधिकृत अर्को आकर्षक मानिने गोकर्णेश्वरमा सरुवा मिलाएका सापकोटा पछिल्लो समय बुनपामै फर्किन चाँजोपाँजो मिलाउँदै थिए ।

    तर, मन्त्रालयले तुल्सीराम अर्याललाई पठाएपछि सापकोटा बुनपामा जाने योजना थाँती राखेर त्यहीँ थमौती हुने लाइनमा लागे । थमौती भएपछि उनी आफू मन्त्री, र मन्त्रालयलाई मिलाइसकेको हुँदा मेयर र उपमेयरले चाहेर पनि आफ्नो सरुवा हुन नसक्ने फूर्तिफार्ती लगाउने गर्दछन् । उनले कर्मचारीबीच गुटबन्दी गरेको, वडाध्यक्षहरु र मेयरबीच पनि विवाद बढाउने र आफू सधैं शक्तिमै रहने खेल खेल्दैआएको छ ।

    उता, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला पनि २ बर्षदेखि कार्यरत छन् । एमालेको उद्योग मन्त्रालयको आधिकारिक ट्रेड युनियनको अध्यक्ष रहेका बर्तौला उपसचिवमा बढुवा भएपछि कागेश्वरी पुगेका हुन् । लेखाअधिकृतबाट प्रशासनको उपसचिवमा बढुुवा भएका बर्तौला सोही नगरपालिकामा टिकिरहनुमा मेयर उपेन्द्र कार्की र उनको कमिसनको भागबण्डा मिलेरै भन्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार